Ad Image

एकीकृत निर्वाचन व्यवस्थापन विधेयकबारे राष्ट्रिय सभामा खोजी

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB-KTM-13IMG_6301copy.jpg

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको अवस्थाबारे सरकारलाई प्रश्न गरेकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसद चन्दले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई उक्त विधेयक कहाँ छ भनी सोधेकी हुन् । उनले संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी)को प्रगति र शान्ति कोष स्थापनाको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

चन्दले आगामी संसदीय निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितताका लागि निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाउनुपर्ने माग गर्दै, विधेयक संसदमा कहिले पेस हुन्छ र २०८४ को चुनावमा महिलाले ३३ प्रतिशत उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् भनी प्रश्न गरिन् ।