Ad Image

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bahadur-indra.jpg

बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । 

संसदीय दलका नेता चयन गर्न आज बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । 

दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन ।

अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।