Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बिहानै कागती पानी पिउँदा हुनेछ शरीरलाई अनेक फाइदा

User Image मेयरसाप डेस्क | २०८२ साउन १२ गते १०:०७
Image of https://mayorsap.com/storage/photos/10/lemon-water.jpg

काठमाडौं । पछिल्लो समयमा अधिकांश मानिस मोटोपनाको समस्यासँग जुधिरहेका छन् । तौल घटाउन सबैले केही न केही उपाय अपनाउँ छन् । ती मध्ये एक हो, हरेक बिहान कागती पानी पिउने। बिहानको समय शरीरका लागि सबैभन्दा विशेष मानिन्छ ।

मानिसहरु खाली पेटमा कागती पानी पिउने गर्छन् । कागतीलाई आयुर्वेदमा औषधीय फल पनि मानिन्छ, जसमा भिटामिन सी सहित धेरै आवश्यक पोषक तत्व पाइन्छ । आजको व्यस्त जीवनमा मानिसहरु स्वस्थ रहन स–साना परिवर्तनहरु अपनाउन थालेका छन् । र, बिहान खाली पेटमा कागती पानी पिउनु ती बानीहरू मध्ये एक हो । कागती पानी पिउनाले पाचन सक्रिय हुन्छ, पाचन सुधार्छ र शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ।

कागती पानीले शरीरलाई भित्रबाट सफा गर्छ र दिनभर ऊर्जा कायम राख्न मद्दत गर्दछ। तर, यसको सेवन गर्दा मात्रा, पानीको तापक्रम र नियमितता जस्ता केही कुरालाई ध्यानमा राख्नुपर्छ । दिनहुँ बिहान कागती पानी पिउँदा स्वास्थ्यका लागि के फाइदा हुन्छ, जानी राखौं ।

तौल कम गर्न प्रभावकारी

यदि तपाइँ छिटो तौल घटाउने विकल्प खोज्दै हुनुहुन्छ भने कागती पानी एक उत्तम विकल्प हुन सक्छ। दैनिक बासी कागती पानी पिउनाले क्यालोरी छिटो बर्न हुन्छ । यसले तौल घटाउन सजिलो बनाउँछ। यदि तपाईंले यसमा एक चम्चा मह मिसाउनु भयो भने तपाईंले चाँडै प्रभाव देख्नु हुनेछ। 

पाचन सुधार
यदि तपाई कब्जियत, एसिडिटी वा अपचको समस्याबाट हैरान हुनुहुन्छ भने तपाईले हरेक बिहान खाली पेटमा कागती पानी पिउनु पर्छ । सिट्रस एसिडसँगै यसमा भिटामिन सी पनि पाइन्छ । यसले पेटको एसिडलाई सन्तुलनमा राख्छ। यसको सेवनले पाचन क्रिया पनि राम्रो हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
के तपाई पनि बारम्बार बिरामी हुनु हुन्छ रु यदि हो भने तपाईको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ । यस्तो अवस्थामा कागती पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । कागतीमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले तपाईलाई स्वस्थ राख्छ ।

शरीरलाई हाइड्रेटेड राख्न
यदि तपाईं थोरै मात्रामा पानी पिउनुहुन्छ भने हरेक बिहान कागती पानी पिउनु तपाईंको लागि लाभदायक हुन सक्छ। जसका कारण तपाईको शरीरमा पानीको कमी हुँदैन । यसले तपाईंलाई दिनभर ताजा र ऊर्जावान महसुस गराउँछ।

तर, यी कुराहरुलाई ध्यानमा राख्नुहोस्

- यसलाई बिहान खाली पेटमा पिउनुपर्छ ।
- पानी मनतातो हुनुपर्छ । 
- यसमा मह पनि मिसाउन सकिन्छ।
- कुनै पनि समस्या भएमा डाक्टर सँग परामर्श गर्नुहोस्।


Facebook Comments