एमालेले रोक्यो बागमतीका ३ मन्त्रीको शपथ, मुख्यमन्त्री लामा अन्योलमा


हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीन नयाँ मन्त्रीहरूको शपथ रोकिएको छ ।
आज बिहान गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन, माया श्रेष्ठ युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरिएको थियो ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले फोनमार्फत संवेदनशील अवस्थामा सरकार विस्तार गर्नु उपयुक्त नहुने र यसले गलत सन्देश जाने भन्दै नियुक्ति नगर्न अनुरोध गरेका थिए ।
बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने तयारी भए पनि नेकपा एमालेको आग्रहपछि मुख्यमन्त्री लामा पछि हटेका जनाइएको छ । एमालेको यस दबाबपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।