Ad Image

आमरण अनसनमा बसेका मेयरसँग छलफल गर्न सरकारी टोली माइतीघरमा

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarkari toli.JPG

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीर्थराज भट्टराईले आजदेखि ७ बुँदे माग राखेर आमरण अनसन सुरु गरेका छन् । उनको अनसन सुरु भएसँगै माइतीघरमा सरकारी टोलीसँग छलफल भएको छ ।

छलफलमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उपमहानिर्देशक सुनिल कुमार ठाकुर, साथै नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाको उपस्थिति थियो ।

भट्टराईको मागबारे उपमेयरसहितको टोलीले वन मन्त्रालयमा गएर थप छलफल र सहमति गर्ने भएको छ ।