Ad Image

रुसमा शक्तिशाली भूकम्पपछि जापानमा सुनामी, होक्काइदो प्रान्त प्रभावित

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/japan-sunami_1LvyeXYUZi.jpg

एजेन्सी । रुसको कामचट्का प्रायद्वीप नजिकै गएको ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानमा सुनामी आएको छ । जापानको स्थानीय प्रसारक एनएचकेका अनुसार, होक्काइदो प्रान्तको उत्तरी भागमा करिब १२ इन्चसम्मका छालहरू आइपुगेका छन्, जसले नेमुरो बन्दरगाह सहरलाई प्रहार गरेको छ ।

जापानी अधिकारीहरूले सुनामीको उच्च छाल आउन सक्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री सिगेरु इसिबाले परिस्थितिको मूल्यांकन भइरहेको र उद्धारमा मानिसहरूलाई प्राथमिकता दिइने बताएका छन् । अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन । प्रधानमन्त्री इसिबाले नागरिकहरूलाई तटबाट टाढा रही उच्च क्षेत्रमा सर्न आग्रह गरेका छन् ।

यस घटनापछि जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । यसैबीच, जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टीईपीसी) ले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित निकालेर अग्लो स्थानमा लगेको छ ।

टीईपीसीले प्लान्टमा कुनै क्षति नभएको र सुनामी चेतावनीहरू अनुगमन भइरहेको बताएको छ । सन् २०११ मा गएको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो ।