Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कमजोर राज्यले श्रमजीवीलाई अधिकार दिन सक्दैन : शङ्कर पोखरेल

User Image मेयरसाप डेस्क | २०८२ साउन १२ गते १३:५७
Image of https://mayorsap.com/storage/photos/10/shankar-pokhrel_20220411084153_QzPgLzDvIM.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)को १२औँ प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक र सामाजिक समस्या समाधानका लागि तीव्र आर्थिक विकास आवश्यक रहेको धारणा राखे ।

पछिल्लो समय सामाजिक विकास तीव्र भए पनि आर्थिक विकास सोही गतिमा हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकारसम्पन्न गराउन नसक्ने भएकाले मुलुक बलियो बन्न श्रमजीवी पनि बलियो हुनुपर्नेमा जोड दिए ।

उनले पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने भन्दै, पार्टीमा लागू गरिएको ७० वर्षको उमेर हद लोकतान्त्रिक मूल्यमान्यताविपरीत नभएको स्पष्ट पारे ।

पोखरेलले ’जबज नपढिकन यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति’ रहेको टिप्पणी गर्दै पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यतामा असर नपरेको बताए ।


Facebook Comments