Ad Image

कांग्रेस-एमाले सहमतिले जनताको अपेक्षा पूरा भएन : शेखर कोइराला

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar daju.jpeg

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्को अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । कोइरालाले कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा एक वर्षमा एउटा पनि बुँदा अगाडि नबढेको र संविधान संशोधनको चर्चासमेत हराएको बताए ।

उनले लिची बगान घुस प्रकरणमा मन्त्रीले राजीनामा दिनुपरेको प्रसंग जोड्दै राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए । संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको अध्यादेश प्रावधानलाई उनले ‘खतरनाक’ भन्दै राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि चासो व्यक्त गरे ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँगको भेटघाटलाई सामान्य राजनीतिक भेटघाट भन्दै उनले पार्टीको संसदीय दलको नेता फेर्न आवश्यक संख्या नपुगेकोले हतार गर्न नहुने बताए ।