Ad Image

रञ्जिता श्रेष्ठलाई कारबाही गर्ने पार्टीकै अनुशासन समितिकाे निर्णय

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ranjita-shrestha1.gif

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ । जग्गा हिनामिना प्रकरणमा अख्तियारको अनुसन्धानमा तानिएकी श्रेष्ठले बहुमत केन्द्रीय सदस्यहरूले सोधेको २४ घण्टे स्पष्टीकरण नबुझाएपछि समितिले यो निर्णय गरेको हो ।

आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले आज राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो, जुन अहिले जारी छ । भेलामा कारबाहीबारे छलफल हुने र कार्यकारी अध्यक्ष कसलाई तोक्ने भन्ने निक्र्योल हुने संस्थापक केन्द्रीय सदस्य आलोक चौधरीले बताए ।

अध्यक्ष श्रेष्ठ चौधरीले शनिबार शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्, जसले पार्टीभित्रको आन्तरिक विवाद झनै चुलिएको छ । बास्तोलाको नाम पार्टी गठन हुँदा निर्वाचन आयोगमा पेस गरिएको २१ सदस्यीय केन्द्रीय समितिमा छैन ।