Ad Image

लिची बगान जग्गा प्रकरण: अख्तियारले पूर्व सचिव पोखरेलसँग लियो बयान

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sachib arjun.jpg

काठमाडौं । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’को १ सय ३४ रोपनी जग्गा हडप्ने घटनामाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ ।

यसअघि अख्तियारले तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि बयान लिइसकेको छ ।

पूर्व सचिव पोखरेलले जग्गा हडप्ने गिरोहबाट ५ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यसैगरी, तत्कालीन मन्त्री राजकुमार गुप्ताले भूमि समस्या समाधान आयोग कास्कीमा एमाले नेता खेमबहादुर पुनलाई अध्यक्ष बनाउन रकम लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यस प्रकरणमा हालका भूमिव्यवस्था मन्त्री बलराम अधिकारीले पनि गिरोहबाट ३२ लाख घुस बुझेको दाबी गरिएका अडियो बाहिरिए पनि उनी अझै पदमै छन् । लिची बगानको जग्गा हडप्ने योजना र घुस प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै २०८२ असार १० गते नै अख्तियारमा उजुरी परेको थियो ।