Ad Image

सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli is oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्नु गलत भएको बताए ।

ओलीले भने, ‘सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन् । छ्यालब्याल रैछ भन्छन् । भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि !’

यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको आरोप लगाउँदै भ्रष्टाचार बढ्नुमा सरकार नै मुख्य दोषी रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्दै विकास र आर्थिक वृद्धिका लागि साझा प्रयासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।