राष्ट्रपतिद्वारा ‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रमाणीकरण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिइन् ।