Ad Image

अर्थ मन्त्रालयद्वारा बजेट अनुशासनका लागि कार्यदल गठन

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/artha-768x402.jpg

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासनलाई सुदृढ गर्न कानुन निर्माणका लागि एउटा कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराललाई कार्यदलको संयोजक तोकिएको छ ।

कार्यदलका सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव, र विषय विज्ञका रूपमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन् । वित्तीय सङ्घीयता महाशाखाका उपसचिव कार्यदलको सदस्य सचिव हुनेछन् ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ र ३७१ मा सार्वजनिक वित्तको प्रभावकारिता बढाउने, बजेट अनुशासन कायम गर्ने, सङ्घीय सञ्चित कोषलाई सन्तुलनमा राख्ने, सार्वजनिक ऋणको उत्पादनशील उपयोग सुनिश्चित गर्ने, र सङ्घ, प्रदेश तथा स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने लगायतका व्यवस्था छन् ।

यी व्यवस्थालाई कार्यान्वयन गर्न नै कार्यदल गठन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । संविधानको धारा ५९ मा पनि तीनै तहको बजेट घाटा व्यवस्थापन र अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुने उल्लेख छ ।