Ad Image

उदयपुरमा ट्रक दुर्घटन हुँदा चालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

कटारी । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको ना२ख ६९८७ नम्बरको ट्रक दुर्घटनामा परेर चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, दुर्घटनामा गम्भीर घाइते विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।