Ad Image

रुपन्देही-३ उपनिर्वाचन: भदौ १५ भित्र उम्मेदवार सिफारिस गर्न एमालेकाे निर्देशन

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yemale.JPG

काठमाडौं । नेकपा एमालेले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका प्रमुख डा. भीष्म अधिकारीका अनुसार, महासचिव शंकर पोखरेलले एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरेका छन् । 

पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले अन्तिम निर्णय गर्नेछ ।

रुपन्देही–३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । चैत १९ गते बोहोराको निधन भएपछि पद रिक्त भएको हो ।