Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हिमानी कोषद्वारा ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान

User Image मेयरसाप डेस्क | २०८२ साउन १४ गते ०९:०९
Image of https://mayorsap.com/storage/photos/10/Himani-shah.jpg

काठमाडाै‌ । हिमानी कोषले युवालाई नेपालमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरु गर्ने भएको छ। अभियानका लागि शनिवार सानेपास्थित इन्टरनेशनल क्लबमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम हुने भएकाे हाे ।

कोषकी सदस्य शुभेच्छा शाहका अनुसार, कार्यक्रमले युवालाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नेछ। नवउद्यमीलाई सहयोग गर्न ‘लघु-बीज घुम्ती कोष’ पनि स्थापना गरिने छ। कार्यक्रममा उद्योगी, व्यवसायी, राजा ज्ञानेन्द्र र कोष अध्यक्ष हिमानी शाहसहित राजपरिवारका सदस्यहरूको सहभागिता रहनेछ।


Facebook Comments