Ad Image

ओली-प्रचण्डले आलोचकलाई स्टालिन शैलीमा सिध्याए : बाबुराम भट्टराई

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/baburam bhattrai.PNG

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व शैलीलाई सोभियत संघका पूर्व शासक जोसेफ स्टालिनसँग तुलना गरेका छन् ।

भट्टराईले अहिलेको कम्युनिस्ट पार्टीहरूको अवस्थालाई ‘ब्रेजनेभ–काल’को जस्तो सुन्निएको तर कुनै गुणात्मक उपलब्धि नभएको भन्दै व्यङ्ग्य गरेका छन् । उनले स्टालिनको समयमा जस्तै अहिले पनि नेतृत्वको आलोचना गर्ने नेताहरूलाई राजनीतिक र सांगठनिक रूपमा समाप्त पार्ने प्रवृत्ति हावी भएको दाबी गरे ।

उनले ‘पार्टी सुप्रिमो’ले अरूलाई प्रहार गर्दा ताली बजाउने र पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने कार्यकर्ताहरूलाई इतिहासबाट पाठ सिक्दै नयाँ वैकल्पिक बाटो खोज्न आग्रह गरेका छन् ।

साथै डा  भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलन अहिले रुसी कम्युनिस्ट आन्दोलनकै दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।

उनको भनाइ जस्ताको तस्तै: