Ad Image

निरोगी नेपाल बनाउन जनचेतना आवश्यक छ : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/OfficeofthePM-162025-08-01at3.02.42PMcopy.jpg

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरेका छन् । यस अवसरमा उनले डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान चलाउन सबैले जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनले ’निरोगी नेपाल’को अवधारणामा मानिस, पशुपंक्षी र वनस्पतिसमेत निरोगी हुनुपर्ने बताए । खोप अभियानको सफलताबाट खुसी व्यक्त गर्दै उनले संविधानले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयनको दिशामा यो महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

बागमती प्रदेशका १३ जिल्ला र ११९ वटै पालिकामा १६ देखि २३ महिनाका सबै बालबालिकाले पूर्ण खोप पाइसकेपछि यो घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले खोप अभियानमा उत्कृष्ट काम गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान पनि गरे ।