Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिरहामा पानी परेपछि किसानलाई राहत, रोपाइँ सुरु

User Image मेयरसाप डेस्क | २०८२ साउन १५ गते १३:३५
Image of https://mayorsap.com/storage/photos/10/1753701996_ropai.jpg

सिरहा । लामो समय पानी नपर्दा चिन्तित किसान गएरातिको वर्षाले राहत महसुस गरेका छन् । पानी नपर्दा झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत मिलेको हो । 

यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन । तर गएराति परेको पानीले केही आशा पलाएको छ । लहान– १८ का किसान वीरेन्द्र चौधरीले भने, “पहेँलिएका बीउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ ।”

लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानी पनि पर्याप्त छैन । “अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो,” उनले भने, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”

सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञानकेन्द्र सिरहाको अनुसार गत शुक्रबारसम्मको रेकर्ड अनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ । 


Facebook Comments