Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा ढुंगामा चिप्लिएर मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ साउन १७ गते १४:०७
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

काठमाडौं । चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामीको ढुंगामा चिप्लिएर मृत्यु भएको छ । सोमवार बिहानको राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी धामीको ढुंगामा चिप्लिएर मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन् । खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।

उनको उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।


Facebook Comments