बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा ढुंगामा चिप्लिएर मृ*त्यु

काठमाडौं । चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामीको ढुंगामा चिप्लिएर मृत्यु भएको छ । सोमवार बिहानको राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी धामीको ढुंगामा चिप्लिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन् । खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।
उनको उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।