बागमतीका मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत प्रदेश प्रमुखलाई बुझाए राजीनामा


मकवानपुर । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पत्र बुझाएका छन् । सोमवार लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
छत्र लामाले प्रदेश प्रमुख देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री लामाले आइतवार मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
यता स्वास्थ्य समस्याका कारण काठमाडौं रहेका प्रदेश प्रमुख देवकोटा आजै कार्यालयमा उपस्थित भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतवार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ ।