Ad Image

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gandaki prades sava.jpg

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन्। 

प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिए । 

दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो । संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।