Ad Image

हामीले सुदृढ एकताका साथ सबै खाले गुटबन्दीको अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताबद्ध भएको भन्दै अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दीको अन्त्य गर्ने संकल्प लिएको बताए । मंगलवार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘पार्टी एकताबद्ध भएको छ । हामी सामूहिक प्रतिबद्धता गरेका छौं । हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रुपले प्रतिबद्धता गरेका छौं ।’

अध्यक्ष प्रचण्डले देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण र गणतन्त्रको सुदृढिकरणको निम्ति आफ्नो पार्टीले सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको दाबी समेत गरे । उनले भने, ‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’