Ad Image

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँले पेस गरे दाबी

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bagmati2.PNG

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । 

आज बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा बुझाएका थिए । लामाले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

बानियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेस गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनअनुसार सरकार बनाउने सहमति अनुसार बानियाँले दाबी पेस गरेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।