Ad Image

पहिरोले चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य चौकीमा क्षति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro3.PNG

गुल्मी । गुल्मीमा आइतवारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतवार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । 

स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । 

त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उनीहरु छिमेकीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।