हात्तीसारमा राप्रपा इतर समूहको बैठक

User Image मेयरसाप डेस्क | २०८२ साउन १९ गते १६:५०
Image of https://mayorsap.com/storage/photos/10/raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को इतर समूहको बैठक काठमाडौंको हात्तीसारमा बसिरहेको छ । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा राप्रपाका असन्तुष्ट नेताहरूको बैठक बसिरहेको हो । 

बैठकमा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री कुन्ती कुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्र बहादुर शाहलगायत करिब ७० जना नेताहरु सहभागी छन् ।

छलफलको एजेण्डा अध्यक्ष राजेन्द्र  लिङ्देनले पार्टीका नेताहरूलाई गरेको कार्बाही सम्बन्धमा रहेको बताइएको छ । बैठकले पार्टीको गलत निर्णय सुधारका लागि दबाब दिने रणनीति लिने समेत बताइएको छ । 

 


Facebook Comments