प्रदेश प्रमुख देवकोटाद्वारा चार विधेयक प्रमाणीकरण

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/depak_prasad_devkota.jpg

बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज प्रदेशसभाबाट पारित चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार, नेपालको संविधानको धारा २०१ बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरिएका हुन् ।

प्रमाणीकरण भएका विधेयकहरूमा प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्ने विधेयकहरू छन् ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएका छन् ।