Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

‘कुलिङ पिरियड’ गडबडी सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

User Image मेयरसाप डेस्क | २०८२ साउन १७ गते १३:४५
Image of https://mayorsap.com/storage/photos/10/devraj-ghimire-jiwan-pariyar.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।

मंगलवार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा आयोजित कार्यक्रममा समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन्।

आइतवारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।

समितिले आजको प्रतिनिधि सभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिनिधि सभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । 


Facebook Comments