Ad Image

कानुन निर्माण प्रक्रिया सुधार गर्न संसदीय समितिको ११ बुँदे सुझाव

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kuling Of priyad.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमाथि उठेका प्रश्नहरूको छानबिन गर्न गठित संसदीय समितिले कानुन निर्माण प्रक्रियालाई थप पारदर्शी र गुणस्तरीय बनाउन ११ बुँदे सुझाव दिएको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको समितिले तयार पारेको यो प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेश गरिएको हो ।

समितिले विधेयकमाथि हुने छलफलमा सांसदहरू थप जिम्मेवार हुनुपर्ने, समितिका निर्णयहरूमा एकरूपता कायम गर्न मार्गदर्शन बनाउनुपर्ने र अन्तिम प्रतिवेदनमा सबै सदस्यको हस्ताक्षर अनिवार्य गर्नुपर्ने जस्ता महत्त्वपूर्ण सुझाव दिएको छ ।

साथै, समितिले विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीलाई बढी जवाफदेही बनाउने र सांसदहरूको क्षमता विकासका लागि नियमित कार्यक्रम चलाउनुपर्नेमा पनि जोड दिएको छ । यी सुझावहरू कार्यान्वयन भएमा कानुन निर्माणमा हुने कमजोरीहरू धेरै हदसम्म कम हुने समितिको विश्वास छ ।