Ad Image

२०८४ को चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : अग्नि सापकोटा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Agni-Prasad-Sapkota-1024x563.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आगामी २०८४ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै मत ल्याउने गरी अघि बढेको बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सापकोटाले विगतका उपनिर्वाचन, स्ववियु र पत्रकार महासंघको चुनावको नतिजालाई आधार मान्दै माओवादीको मत बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘नयाँ पुस्तामा भएको भ्रम हटेको छ र हामी फेरि जनताका मुद्दामा फर्किएका छौँ।’

पार्टी रुपान्तरण र शुद्धीकरणका लागि विगतका कमीकमजोरीको आत्मसमीक्षा गरिएको बताउँदै उनले पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले २०८४ मा एकल बहुमत ल्याउने गरी समाजवादी क्रान्तिको रूपरेखा तय गरेको जानकारी दिए ।

सापकोटाले पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानले जनतासँगको सम्बन्ध सुदृढ बनाउन सफल भएको पनि बताए । माओवादी केही समय रुमल्लिए जस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाइ छ ।