बला*त्कार आरोपमा रास्वपा सोलुखुम्बुका पालिका सभापति पक्राउ

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रामचन्द्र बस्नेतलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

फरक क्षमताकी एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार रहेका उनलाई प्रहरीले सोमबार काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, २०८१ साउन ६ गतेको घटनापछि उनी फरार थिए ।

पक्राउ परेका बस्नेतलाई काठमाडौंबाट सोलुखुम्बु ल्याएर बुधबार सात दिनका लागि म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।


Facebook Comments