संघीय लोकतान्त्रिक मोर्चाको चुनावी गठबन्धनबाट बाहिरियो जनमत

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ck rawal.JPG

बुटवल । मधेशकेन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चाको चुनावी गठबन्धनबाट जनमत पार्टी बाहिरिएको छ ।

सरकारसँगका माग र मुद्दाहरूमा मोर्चामा सँगै रहने भए पनि चुनावी गठबन्धनमा नरहने जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिएका छन् ।

मोर्चाले रुपन्देही–३ को उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको जनजागरण सभामा जनमत पार्टी अनुपस्थित थियो । यादवले आगामी उपनिर्वाचनमा जनमत पार्टीले छुट्टै उम्मेदवारी दिने र मोर्चालाई समर्थन नगर्ने स्पष्ट पारे ।

गत २०७९ सालको आमचुनावको समानुपातिक मत हेर्दा रुपन्देही–३ मा जनमत पार्टीको मत जोड्दा मोर्चा पहिलो शक्ति बन्थ्यो, तर जनमत बाहिरिएपछि मोर्चाको मत कम हुने देखिन्छ ।

सभामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी लगायतले सम्बोधन गरेका थिए ।


Facebook Comments