बागमतीका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bharat thapa mayor.jpg

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अदालतका अनुसार, मेयर थापाले नदीजन्य पदार्थको बिक्रीबाट ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नोक्सानी पुर्याएको प्रमाणित भएको छ । यस कसुरमा दोषी ठहर भएपछि उनलाई सजाय निर्धारणका लागि साउन २९ गते पेसी तोकिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पनि थापा दोषी देखिएका छन् । उनको कुल आम्दानी ९ करोड १४ लाख भएपनि खर्च १२ करोड ५९ लाख देखिएको थियो ।

यसबाट उनले ३ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको छ । यस मुद्दामा उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवानासहित गैरकानूनी सम्पत्ति जफत गर्ने फैसला अदालतले सुनाएको छ ।


Facebook Comments