Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक थपियो म्याद

User Image मेयरसाप डेस्क | २०८२ साउन २१ गते १९:२२
Image of https://mayorsap.com/storage/photos/10/chakre-milan.gif

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

साउन १५ गते राति चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर तीमध्ये २८ जनालाई संलग्नता नरहेको भन्दै रिहा गरिएको थियो। १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।

 


Facebook Comments