तीजको नाच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक बला*त्कार


सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार, साउन २२ गते राति तीजको नाच हेरेर ४\५ जना किशोरीको समूह घर फर्किँदै गर्दा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि सबै किशोरीहरू भागेका थिए ।
उनीहरूमध्ये भाग्ने क्रममा एक बालिका भुइँमा लडेर धेरै भाग्न सकिनन् । ती बालिका भुइँमा लडेर भाग्न नसकेपछि गोविन्द र खगेन्द्रले उनलाई एकान्तमा लगेर पालैपालो बलात्कार गरेका हुन् ।
त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरूले परिवारलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो । पीडित बालिकाको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएपछि गोविन्द र खगेन्द्रलाई पक्राउ गरिएको हो ।
बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments