कोशी प्रदेशसभाबाट ‘योगदानमूलक निवृत्तभरण कोष विधेयक’ पारित


विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित भएको हो ।
यस्तै, आजको बैठकमा ‘कोशी प्रदेशमा सरकार कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि टेबुल गरिएको छ ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रस्तुत गरेको उक्त विधेयकअनुसार, अहिलेलाई लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव गरिएको छ ।
भाषा आयोगले प्रदेशमा १४ वटा भाषा सिफारिस गरे पनि अहिले दुई भाषालाई प्राथमिकतामा राखिएको हो ।
Facebook Comments