मानव अधिकार आयोगको टोलीद्वारा रवि लामिछाने रहेको कारागारको अनुगमन

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ ।
आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोलीले कारागारको अनुगमन गर्न लागेकाे हाे ।अनुगमनका लागि टाेली कारागार भित्र पसिसकेकाे छ ।
केही दिन अघि कारागारमा लामिछानेकाे बसाइ व्यवस्थापन राम्रो नभएको भन्ने समाचार प्रकाशित भएको थियो । यस विषयमा बुझ्न मानव अधिकारको टोली अनुगमनका लागि गएको हो ।
Facebook Comments