रिहाकाे माग गर्दै रविले दिएको निवेदनमाथिको बहस सकियो, आजै आदेश आउन सक्ने


काठमाडौं। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।
रुपन्देही कारागारमा रहेका रवि लामिछानेको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस भएको थियो । आज नै आदेश आउन सक्ने बताइएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रवि लामिछानेलाई गत चैत २५ गतेदेखि थुनामा राखिएको छ । उनले गत साउन १९ गते आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । सोही निवेदनमाथि आज बहस भएको हो ।
Facebook Comments