Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

म थाकेकी छैन, मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छुः निकिता पौडेल

User Image मेयरसाप डेस्क | २०८२ साउन २४ गते २०:२३
Image of https://mayorsap.com/storage/photos/10/nikita-rabi.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताएकी छन् ।

म थाकेकी छैन, मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छुः निकिता पौडेलसोमबारमात्रै जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि पौडेलले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।’

लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए। सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको छ।  

उनले अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी निवेदनसँगै बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम दाखिला गरिसकेकाले रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए। 


Facebook Comments