संसदमा अमनलाल मोदीको प्रश्नः हुलाकी सडकका बारेमा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकको कटहरी खण्ड १० वर्षसम्म पनि नबनेको गुनासो गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी सडकका बारेमा संसद्मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
आफूले संसद्मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको भन्दै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे । उनले रुलिङ नभएमा सभामुखको अगाडि अनसन बस्ने चेतावनी समेत दिएका छन् ।
Facebook Comments