सिरहा–धनुषा जोड्ने पुल १४ वर्षदेखि अधुरै

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_4057.jpg

सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको यो पुलको अभावमा वर्षायाममा यहाँका सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ ।

पुल नहुँदा स्थानीयका लागि डुङ्गा नै एक मात्र सहारा बनेको छ । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा डुङ्गा चढ्न पनि जोखिमपूर्ण हुने गरेको स्थानीयवासी वासुदेव यादव बताउँछन् ।

हुलाकी सडक प्रयोग गर्ने यात्रुहरूले प्रति मोटरसाइकल १०० र प्रति व्यक्ति ५० रुपैयाँ तिरेर नदी पार गर्नुपर्ने बाध्यता छ ।

पुल नहुँदा स्वास्थ्य सेवामा पनि गम्भीर असर परेको छ । सिरहा अस्पतालबाट जनकपुर ’रेफर’ गरिएका बिरामीहरूले लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।

पुल नहुने समस्याले गर्दा ढिलाइ भई बिरामीको ज्यानै जान सक्ने जोखिम बढेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाले बताए । कमला नदीमा पुल नबन्दा स्थानीयवासीले दशकौंदेखि कठिनाइ भोग्दै आएका छन् ।


Facebook Comments