केचना–कञ्चनजङ्घा र कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jhgsdbhdd.jpg

इलाम । देशभर लगातारको वर्षासँगै आएको पहिरोले प्रमुख सडकहरू अवरुद्ध भएका छन् । 

इलामको केचना–कञ्चनजङ्घा सडक राति खसेको पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । सोयाकको घोर्लेभिरमा पहिरो खसेपछि इलामको गोलाखर्क हुँदै झापा जाने बाटो पनि रोकिएको छ ।

यता, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पनि सुख्खा पहिरो खसेको छ । यसले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै पश्चिम जाने तथा भैरहवाबाट आएका मालवाहक ट्रक र मुस्ताङसम्म चल्ने सवारीसाधनहरू रोकिएका छन् ।

दुवै स्थानमा पहिरो हटाउने काम जारी रहे पनि निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments