नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने निर्वाचन आयोगको निर्णय


काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।
पार्टीका पदाधिकारी हेरफेर भएको भनी आएको निवेदन प्रक्रियासम्मत नभएको भन्दै आयोगले पुरानै अभिलेखलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।
गत साउन १४ र १५ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।
सोही निर्णयअनुसार नाउपाले अध्यक्ष परिवर्तनको जानकारीसहित निर्वाचन आयोगमा अभिलेख अद्यावधिक गर्नका लागि पत्र पठाएको थियो । तर, आयोगले सो प्रक्रियालाई वैधानिक नमानेपछि श्रेष्ठ नै अध्यक्ष रहने भएकी छन् ।
Facebook Comments