राप्रपा युवा संगठनकाे अधिवेशनमा झडप, हात हालाहालपछि प्रहरी परिचालन


काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएर हात हालाहालको अवस्था आएपछि प्रहरी परिचालन गरिएको छ ।
अधिवेशन सुरु हुन नपाउँदै केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला र हात हालाहालमा उत्रिएका थिए ।
राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच देखिएको विवाद युवा संगठनमा पनि देखिएको हो ।
अवस्था तनावपूर्ण बनेपछि अध्यक्ष लिङ्देनले नै शान्त रहन आग्रह गरेका थिए । उनले झडप गर्नेहरूसँग पार्टी चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
Facebook Comments