धनुषामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली


काठमाडौं । धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ मा उनीहरूलाई समातेको हो ।
पक्राउ पर्नेमा पप्पु साह र एक महिला रहेका छन् । प्रहरी स्रोतका अनुसार, पप्पु साहको दाहिने खुट्टामा गोली लागेको छ । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
ब्युरोका इन्स्पेक्टर रोकश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेलको नेतृत्वमा गएको टोलीले यो अपरेसन चलाएको थियो ।
Facebook Comments