एन्फा महिला लिग छनौटमा आज २ खेल हुँदै

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ANFA game.PNG

काठमाडौं।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिड्दैछन् । 

आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबल बीचमा पहिलो खेल हुँदैछ । जुन खेल अपरान्ह १२ः३० बजेबाट सुरू हुनेछ । 

हिजो देखि सुरू भएको खेलमा १४ टोलीले सहभागिता जनाएका छन् । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्। 

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।  साथै, दुबै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बीचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ। 

हिजो पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बीचमा खेल भएको थियो ।


Facebook Comments