डेंगुबाट काठमाडौंमा १ जनाकोे मृ*त्यु, ७४ जिल्लामा संक्रमण

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dengu test1663651888.jpg

काठमाडौं । यस वर्ष डेंगु संक्रमणका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ । टेकु अस्पतालमा उपचाररत २४ वर्षीय एक युवकको मृत्यु भएको हो ।

हालसम्म देशभर २,९५२ जनामा डेंगु पुष्टि भएको छ भने संक्रमण ७४ जिल्लामा फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, बागमती प्रदेशमा सबैभन्दा धेरै २९८ जना संक्रमित भएका छन् ।

विज्ञहरूले डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियान’ नै सबैभन्दा प्रभावकारी भएको बताएका छन् ।

डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा अन्डा पार्ने भएकाले घर वरिपरि पानी जम्ने ठाउँहरू सफा राख्न नागरिक स्वयं जिम्मेवार हुनुपर्ने उनीहरूको सुझाव छ ।


Facebook Comments