सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउँछौँ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्रचलित कानुन अनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरू पूरा गर्नुपर्ने हुन्छ ।
उनले यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यसबारे निर्देशन दिइसकेको पनि जानकारी गराए ।
ओलीले सूचना प्रविधिको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै लगानीकर्ताहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे ।
Facebook Comments