वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेताको जिम्मेवारी


काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको एक महिनापछि पार्टीका वरिष्ठ नेता वामदेव गौतमले जिम्मेवारी पाएका छन् ।
शुक्रबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमलाई पार्टीको तेस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गत साउन २ गते नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतम एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनको जिम्मेवारीलाई लिएर पार्टीभित्र आन्तरिक छलफल चलिरहेको थियो ।
यसअघि उनले पार्टीको संगठन विभाग प्रमुख बन्न इच्छा देखाएको भनिए पनि हाल उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ ।
सचिवालय बैठकले गौतमका साथै अन्य नेताहरूको जिम्मेवारी पनि तय गरेको छ। तुलसी थापा, लोकनाथ धमला र डीबी कार्कीलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै, भगवती विष्ट, राधेश्याम गुप्ता, रवीन्द्र बम, रामप्रसाद अधिकारी, विद्याप्रसाद शर्मा, तोफा यादव, इमानसिंह भारती, मोहमदशेर बागवान र दुर्गादत्त भण्डारीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
Facebook Comments