मनोहराका सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले चलायो डोजर

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahanagar vartkaiyo.jpg

काठमाडौं । काठमाडौं र भक्तपुरको सिमानामा पर्ने मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरको नगर प्रहरीले मनोहरामा बनेका अवैध संरचना र नयाँ निर्माण गरिएका घरहरूमा डोजर चलाएर भत्काएको हो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले सुरक्षाका लागि खटिएको नेपाल प्रहरीको सहयोगमा उक्त स्थानमा अवैध संरचना भत्काइएका हुन् ।

लामो समयदेखि खोला किनार अतिक्रमण गरी बनाइएका घर टहराहरू हटाउने महानगरको प्रयासअन्तर्गत मनोहरा खोला किनारको सुकुम्वासी बस्ती पनि हटाइएको हो ।


Facebook Comments